विपिको समाजबाद भुलेको काँग्रेसले लोकतन्त्रलाई पनि भुलेपछि... 

Posted on: 03 Dec, 2017

पर्वत । निर्वाचन आउँन चार दिन मात्रै बाँकी रहँदा पर्वतमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाईएको छ ।
मौन अवधि लागु हुनु भन्दा एक दिन अघि सदरमुकाम कुश्माबजारको मुख्य सडकमा उम्मेदवारको तस्विर रहेको प्रचार सामाग्रीको झण्डा, सार्वजनिक स्थल र विद्युतका पोलहरुमा प्रचार सामाग्री टाँस गरेर आचारसंहिताको उल्लंघन गरेको हो । आचारसंहिता भन्दा ठुला पोष्टहरु प्रकाशन गरी बजारका चोक चोकमा र मुख्य निर्वाचन अधिकृतको कार्यालय भन्दा झण्ढै २ सय मिटर नजिकै सार्वजनिक स्थलहरुमा समेत टाँस गरिएको छ ।

यस अघिका प्रचार प्रसारका शैलि सामान्य रहेपनि पछिल्लो समय नेपाली काँग्रेसले सदरमुकाममा मात्र नभई गाउँ गाउँमा रहेका सार्वजनिक स्थलहरुमा पनि प्रचार सामाग्री टाँस गरेर तडकभडक देखाएको गुनासो अन्य राजनीतिक दलहरुको छ । निर्वाचन आयोगमा आचारसंहिताको पालना गर्ने भनेर सवै राजनीतिक दलहरुले प्रतिवद्धता गरेपनि त्यो हुन नसकेको पाइएको छ ।

यस विषयमा मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले आचार संहिता विपरीत प्रचार प्रसार सामाग्रीहरु टाँस गरेको उजुरीका आधारमा हटाउन लगाइएको बताउनुभयो । उहाँले पहिला जसले टाँस गरेको हो उसैलाई हटाउन भनिएको र नहटाएमा सुरक्षा कर्मि लगाएर भएपनि हटाउने बताउनुभयो ।
अन्य जिल्ला जस्तो आचार संहिताका उजुरीहरु पर्वतमा नपरेको भएपनि राजनीतिक दलहरुवाटै एक अर्काका बारेमा मौखिक गुनासाहरु भने बढिनै मात्रामा आएको बताउनुभयो । उहाँले निर्वाचनको सवैजसो तयारीहरु पुँरा भैरहँदा पर्वतमा अहिलेसम्म अप्रिय घटना नघटेको र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रयास भैरहेको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!