कांग्रेसका पूर्व गाविस सभापति सहित १ दर्जन बढि बाम गठबन्धनमा प्रवेश

Posted on: 03 Dec, 2017

मंसिर १७, सल्यान | पश्चिम सल्यानमा संयुक्त बाम गठबन्धनले चुनावीसभा आइतबार सम्पन्न गरेको छ । वन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारको चुनावीसभालाइ बाम गठबन्धनका उम्मेदवारहरुले सम्बोधन गरेका छन् ।

प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा विनाविभागीय मन्त्री टेक बहादुर वस्नेतले सभामा बोल्दै बाम गठबन्ध विना अव देशको विकास सम्भव नभएकोले आफुहरुके जीत आवश्यक रहेको बताए । उनले पार्टिको आधिकारीक लाईनमा नै मतदान गर्न बन्गाड वासिलाई अपिल गरे ।

यस्तै प्रदेशसभा सल्यान क्षेत्र नम्बर दुइका उम्मेदवार एमालेका केन्द्रीय सदस्य गुलावजंग शाहले सम्बोधन गर्दै चुनावी मैदानमा उत्रीएपछि हार या जीत निश्चित हुन भएकाले हारिन्छ भनेर काँग्रेसलाइ नअत्तालिन आग्रह गरे । चुनावी प्रचार प्रसार समितीका सह संयोजक धनवहादुर पुनको अध्यक्षतामा भएको सभामा शाहले लोकतन्त्रलाइ स्थापित गर्न बामपन्थीहरु एक ठाउँमा आउनुपरेको तर्क गरे ।

यस्तै नेकपा माओवादि केन्द्रका नेता रमेश मल्लले अति कष्ट र दुःखले गरिएको राजनीतिक परिवर्तनको उपलब्धी अब संस्थागत हुने विश्वास व्यक्त गर्दै आगामी दिन नेपालका लागी सुखद् रहने बताए । कार्यक्रममा साविक घाँजरीपीपल गाविसका पुर्वसभापति भुपेन्द्रजंग शाह लगाएतका १ दर्जन बढि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले बाम गठबन्धनमा प्रवेश गरेको त्यहाँबाट दुर्गा विसीले जनाए ।

क्याप्शन: आइतबार सल्लीबजारमा  बाम गठबन्धनको कार्यक्रममा सहभागी नागरिकहरु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!