भैलो खेले जस्तै बाम उम्मेदवारको श्रीनगरमा विहानै घरदैलो

Posted on: 04 Dec, 2017

शंकर केसी/मङ्सिर १८, सल्यान । चुनाव प्रचारको अन्तीम दिन सोमबार (आज) विहानै बाम गठबन्धनका उमेदवारहरुले सल्यान श्रीनगरमा घरदैलो गरेका छन् । 


मध्यरातबाट मौन अवधि सुरु हुने भएपछि विभिन्न दलहरुले अन्तीम चुनावी कार्यक्रम गर्दैछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा विहानै पूर्व सामान्य प्रशशनमन्त्री एवम् विनाविभागीय मन्त्री टेक बहादुर वस्नेत र नेकपा एमालेका पोटिलव्युरो सदस्य प्रकाश ज्वालाले घरदैलो गरेका हुन् ।

वस्नेत प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार हुन् भने ज्वाला पनि सल्यान क्षेत्र नम्बर दुइबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार हुन् । यस अघि सल्यानबाट संविधाससभा सदस्यमा विजयी भएको दुबै नेताले आफुहरुको जित सुनिश्चत भएको दाबी गर्दै जिल्लालाइ समृद्ध बनाउने बाचाका साथ घरदैलो गरेका हुन् ।

उता प्रदेशसभा सल्यान क्षेत्र नम्बर १ का उम्मेदवार एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले पनि घरदैलो र मदतादा भेटघाटलाइ तिब्रता दिएका छन् । एक नम्बर क्षेत्रका विभिन्न स्थानमा पुगेर उनले आफुलाइ सुर्यमा मतदान गरेर जिताउन अपिल गरिरहेका छन् ।


सल्यानमा बाम गठबन्धनका उम्मेदवारहरुले वृद्धभत्ता वृद्धि गर्ने देखि लिएर वृद्धवृद्धाहरुलाइ भ्रमण गराउने र सम्मान गर्ने वाचा गरेका छन् । साथै जिल्लाका ८३ वटै वडामा विजुलि वत्ती पु¥याउने तथा विदेश पलायन जनशक्तिलाइ रोक्न कृषि, पशुपालन, साना उद्योग संचालनमा प्रोत्साहन गर्ने बाम उम्मेदवारहरुको प्रतिवद्धता छ ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!