कांग्रेसले एउटा बुथ कब्जा गरे हामी १० बुथ कब्जा गछौ: लामिछाने

Posted on: 04 Dec, 2017

मङ्सिर १८, पर्वत । युवा संघ पर्वतका अध्यक्ष बिमल लामिछानेले नेपाली कांग्रेसले एक बुथ कब्जा गरेमा बाम गठबन्धनले दश बुथ कब्जा गर्ने तयारीमा रहेको दाबी गरेका छन । 

युवा संघ पर्वतका अध्यक्ष लामिछानेले सञ्चारकर्मीहरु संग कुरा गर्दै नेपाली कांग्रेसले एउटा मात्रै  बुथ कब्जा गरेमा दश बुथ कब्जा गर्ने गरी बाम गठबन्धनका युवाहरु तयारीमा बसेको दाबी गरेका हुन । 


‘हामी शान्तिपुर्ण निर्वाचन होस भन्ने पक्षमा रहेका छौ’ उनले भने नेपाली कांग्रेसले एक ठाउँमा बुथ हान्ने तयारी ग¥यो भने हामी एकैपटक दश ठाउँमा बुथ कब्जा गर्छौ’ उनले २०५१ मा पाङ्ग र खुर्कोट तथा २०५६ मा १२ गाबिस कब्जा गरे जस्तो अहिले कब्जा गरेर चुनाब जित्ने सपना बामपन्थीले चकानाचुर पारिदिने चेतावनी दिए । गाउँगाउँमा संयुक्त युवा परिचालन समिति बनाएर पहरा दिइएको र बाहिरबाट युवा आएमा गाउँलेले नै लखेटिदिने उनको भनाई छ । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधीसभाका उमेदवार पदम गिरीले बाहिरबाट चुल्ढे मुन्द्रेहरु जिल्लामा भित्रीएको भन्ने सुचना आएको बताउँदै जनमत दबाबमा आफ्नो पक्षमा पार्ने सपना नदेख्न चेतावनी दिएका थिए । ‘पर्वतेली जनताको विवेक कसैले बन्धक राख्न सक्दैन’ उनले भने ‘यस्तो कुचेष्टा नगरेकै राम्रो हुन्छ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!