आचार संहिता विपरित कांग्रेस नेताद्वारा गाउँ-गाउँमा पैसा बाड्न शुरु

Posted on: 04 Dec, 2017

मङ्सिर १८, पर्वत । आचार संहिता विपरित नेपाली कांग्रेसका नेताहरुले गाउँ गाउँमा पैसा बाड्न शुरु गरेका छन । 

सरकारले आचार संहिता मार्फत उमेदवार र राजनैतिक दलले ब्यक्तिगत वा सामूहिक रुपमा आर्थिक सहयोग गर्न नपाईने नियम बनाएपनि त्यसको उल्लङघन गर्दै कांग्रेसका नेताहरुले पैसा बाड्न शुरु गरेका छन ।

सोमबार मात्रै जिल्लाको मोदी गाउँपालिका ३ देउरालीको घुरुङशेरामा समूहका नाउँमा नेपाली कांग्रेसका नेताहरु निर्माणधिन मन्दिरलाई सहयोग स्वरुप ५० हजार रुपैया नगद सहयोग गरेका छन । 

स्थानीय जीतबहादुर वरुवालले आचार संहिता विपरित वितरण गरिएको ५० हजार रुपैया गाउँलेले कब्जा लिएको र उक्त रकमको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको बताए । 

बरुवालले मतदातालाई प्रभावित पार्ने गरी वितरण गरिएको उक्त रकम आचार संहिता विपरित भएकोले आचार संहिता उल्लङघन गर्नेलाई कडा कारबाहीको माग समेत गरे ।

घुरुङशेरा महिला समूहकी अध्यक्ष भगवती खड्काले नेपाली कांग्रेसका नेताहरुले निर्माधिन मन्दिर निर्माणार्थ सहयोग गर्दै ५० हजार महिला  समूहलाई दिएको स्विकार गरिन । नेपाली कांग्रेसले नियम विपरित पैसा बाड्दै भन्दै नेकपा एमालेका उप सचिव गोविन्द पहाडीले मतदातालाई खरिद बिक्री गरेर मत प्रभावित गर्ने कार्य तुरुन्त रोक्नुपर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!