नेत्र अधिकारीलाई अबसर र चुनौती दुवै

Posted on: 04 Dec, 2017

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज नेत्र अधिकारी (हिमाल) पर्वत क्षेत्र नं १ बाट प्रदेशसभातर्फ उम्मेदवार छन् । पहिलो संविधानसभामा पर्वतबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनिसकेका अधिकारी बामगठबन्धनको तर्फदेखि प्रदेशसभामा उम्मेदवार बनेका हुन् ।
एमाले–माओवादी केन्द्रकोे गठबन्धनका साझा उम्मेदवार बनेका हिमाललार्ई पर्वता क्षेत्र नं १ बाट विजयी बन्न जति अवसर छन् त्यति नै चुनौती पनि देखिएका छन् ।
७ हजार मतले अगाडि
गत स्थानीय तह निर्वाचनको मत आँकलनमा पर्वतमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार बढी मतले अगाडि छ । पर्वतका सात स्थानीय तहमध्ये तीन बाहेक सवै स्थानीय तहमा बामगठबन्धनको मत बढी छ । पहिलो संविधानसभामा माओवादीले प्राप्त गरेको मत भनेको ७ हजार हो । स्थानीय तहको निर्वाचनमा माओवादीले जिल्लाभरीबा ५ हजार ८ सय ९४ मत पाएका थिए ।
नेपाली काङ्ग्रेसले २९ हजार १२ मत, नेकपा एमालेले २९ हजार ३ सय ९० मत छ भने अन्य दलहरुको ५ सयको हाराहारीमा मत देखिन्छ । प्रदेश सभाको निर्वाचनका लागि पर्बत क्षेत्र नम्बर १ मा ५८ हजार ८ सय २१ जना मतदाता रहेका छन । जसमा ३० हजार ४ सय महिला र २८ हजार ४ सय २९ पुरुष रहेका छन् । बामगठबन्धनको मत नेपाली काँग्रेसको भन्दा कम देखिन्छ ।
योगदानको प्रभाव
नेपाली राजनीतिमा उनले जिल्लाको विकासको लागि गरेको प्रभावले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । पहिलो संविधानसभाको निर्वाचनमा पराजय भएपनि जिल्लाको विकासका लागि उनले खेलेको भूमिका र योगदाले पनि प्रभाव पार्ने देखिन्छ । सरल नेताका रुपमा रहेका उनी अझसम्म कुनै पनि अभियोगमा फसेका छैनन । जसका कारण पनि उनको छविले पनि प्रभाव पार्ने देखिन्छ ।
अवसर
स्थानीय तहमा ७ हजार मतले अगाडि हुनु
एमालेको दरिलो साथ
चुनौती
समीकरण परिवर्तन
बलिया प्रतिस्पर्धी
कांग्रेस पकड क्षेत्र
थपिएका मतदाता
एमालेको दरिलो साथ
एमालेको साथ प्रचण्डका लागि महत्वपूर्ण अवसर बनेको छ । उनको क्षेत्रमा पर्ने मोदी गाउँपालिका एमालेको राम्रो पकड छ । यो नगरको प्रमुखमा एमालेनै विजयी भएको थियो ।
बलिया प्रतिस्पर्धी
हिमालका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व पार्टी सभापति नवराज गुरुङ रहेका छन् । गुरुङ यसअधिको संविधानसभाको निर्वाचनमा क्षेत्र नं २ बा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेता समेत हुन् । गुरुङ पनि बलिया, पाका र पुराना खेलाडी हुन् जसका कारण पनि प्रतिस्पर्धा निकै टक्कर हुने देखिन्छ ।
कांग्रेस पकड क्षेत्र
क्षेत्र नं १ नेपाली काँग्रेसको पकड क्षेत्र हो । यहि क्षेत्रबाट नेपाली काँग्रेसबाट केन्द्रिय सदस्य अर्जुन जोशी तीन पटकसम्म लगातार विजयी भएका छन् । जोशी र गुरुङ विचको सम्बन्ध राम्रो नभएपनि बामगठबन्धनले सम्बन्धमा सुधार ल्याइदिएको छ । जसका कारण गुरुङको हौसला पनि बढेको छ । जून हिमालमाथि भारी पर्न सक्ने पनि देखिन्छ ।
थपिएका मतदाता
यसअघिको मतदाता नामावली संकलन गर्ने क्रममा कांग्रेसले खासै चासो नदिए पनि पछिल्लोपटक नेपाली कांग्रेसले अभियानकै रूपमा फोटोसहितको मतदाता नामावली संकलनमा सक्रियता देखाएको थियो । स्थानीय तहको निर्वाचनपछि जिल्लामा ८ हजार ५७ मतदाता थपिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!