यी हुन् आफैँलाई भोट हाल्न नपाउने काँग्रेसका अभागी उम्मेदवार

Posted on: 05 Dec, 2017

मङ्सिर १९, पर्वत । नेपाली कांग्रेसबाट प्रदेशसभा अन्तगत पर्बतको क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । 

जसले आफैलाई मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपर्ने भएको छ । आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका रुपमा समेत उनलाई हेरिन थालेको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थायी घर भएका गुरुङ २०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र न २, पर्वतबाट उमेदवार बनेका थिए ।


क्षेत्र न २ मा उमेदवार बनेका गुरुङलाई सो क्षेत्रमा टुरिष्ट उमेदवारको नारा लगाएपछि भने उनले आफ्नो मतदाता नामावली जिल्लाको पैयू गाउँपालिका वडा न ७ भोर्लेमा सारेका छन् । जसका कारण पनि उनको आफ्नै भोट उनको लागि सदुपयोग हुन नसक्ने भएको हो ।

उनी अहिले क्षेत्र न १ बाट उमेदवार बनेका छन । योसंगै उनले भोर्ले स्थित जनता माविबाट मतदान गर्नुपर्नेछ । क्षेत्र न २ मा उनले मतदान गर्दा आफूलाई मतदान गर्न उनले नपाउने भएका छन् । कुश्माको दुर्लुङबाट मतदाता नामावली भोर्लेमा सारेसंगै उनले आफूले आफैलाई मतदान गर्ने अवसर गुमाएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!