मतदातालाई प्रभाबित पार्देै काग्रेस, जलजलामा बाँड्न लैजादै गरेको पाइप प्रहरी नियन्त्रणमा

Posted on: 06 Dec, 2017

पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।
जलजला गाउँपालिका वडा न ८ नाङलीवाङमा निर्वाचनलाई प्रभावित पर्ने गरी ग २ च ४३८८ नम्बरको जीपमा मंगलबार दिउँसो वितरणका लागि लैजादै गरेको पाइप निर्वाचनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सोम जिसीले जानकारी दिए ।

उता, निर्वाचनमा खटिएका प्रहरी सहयाक निरिक्षक कृष्ण नेपालीले संंकास्पद रुपमा गाउँमा लैजादै गरेको पाइपलाई प्रहरीले नियन्त्रणमा लिएको र पाइप लैजानुको प्रयोजनका विषयमा अनुसन्धान भईरहेको बताएको छ । पाइप मतदान स्थलमा राखिएको छ ।यता संयुक्त बाम गठबन्धनले चुनाबलाई प्रभाबित गर्न गरी गरिएको यस्तो कार्य तत्काल रोक्न माग गरेको छ । गठबँधनका जिल्ला निर्बाचन परिचालन समितिका संयोजक भक्त कुबरले मतदातालाई मतदानमा प्रभाबित गरीने यस्ता हर्कत तुरुन्तै रोक्नुपर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!