खोटाङमा विहीवार बेलुका ७ बजेबाट मत गणना हुने

Posted on: 07 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङमा बिहिबार बेलुका ७ बजेबाट मत गणना सुरु गरिने भएको छ । 

बुधबार मूख्या निर्वाचनको अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बेलुकाको खाना खाएपछि मत गणना सुरु गर्ने निर्णय गरेको मूख्या निर्वाचन अधिकृत किशोर घिमिरेले बताए । 

साँझ पाँच बजेभित्र उम्मेद्वारको मत गणना प्रतिनिधि नियुक्त गरिसक्ने र बेलुकाको खाना खाएपछि मत गणना थाल्ने निर्णय गरिएको हो । मत गणनाका लागि तार जालीले बारेर चार वटा कोठा तयार पारिएको छ । हरेक दुई घण्टामा मत गणनाको पछिल्लो परिणाम सार्वजनिक गर्नेगरी गणनाको तयारी गरिएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मत गणनास्थलमा प्रवेश पाएका उम्मेद्वार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढीमा चेक गर्ने व्यवस्था मिलाइएको छ ।

मत गणनास्थलमा रहेका जुनसुकै व्यक्तीलाई सुरक्षाकर्मीले खानतलासी गर्नसक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!