नवलपरासीमा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि तनाव

Posted on: 07 Dec, 2017

मंसिर २१, नवलपरासी  । नवलपरासीको बौदीकाली गाउँपालिकामा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि मतदानस्थलमा केहीबेर तनाव भएको छ ।

बौदीकाली गाउँपालिका १ स्थित गाविस भवन डाँडाथर मतदान केन्द्रमा भाइको नाममा भोट हाल्न दाइ पुगेका थिए । विवादका कारण केहीबेर मतदान समेत प्रभावित भएको थियो ।

बुथमा खटिएका सुरक्षाकर्मीका अनुसार सन्दिपराज कँडेलको नाममा सुदर्शन कँडेलले भोट हाल्न पुगेपछि प्रहरीले रोक्दा तनाव भएको हो । प्रहरीका अनुसार भोट हाल्न पुगेका सुदर्शनलाई रोकेपछि उनीसँगै रहेका कर्णबहादुर गेलाँले प्रहरीमाथि हातपात गर्न खोजेका थिए । 

त्यसपछि स्थिति थप तनाव बनेको थियो । सोही घटनामा जगतबहादुर माकिमलाई नियन्त्रणमा लिएर चेक गर्दा झोलामा खुकुरी फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!