हुम्लामा मतगणना सुरु

Posted on: 07 Dec, 2017

रेशम राज रोकाया/मंसिर २१, हुम्ला । हुम्लामा अहिले ५ बजेबाट मतगणना सुरु भएको छ । प्रदेश र संघको दुवै तर्फको मतगणना सुरु भएको हो । 

अहिले प्रतिनिधी सभा तर्फको ताँजाकोट गाउँपालिकाको वडा नं. १ र ५ वडाको मतगणना सुरु भएको छ भने प्रदेश तर्फको ताँजाकोट गाउँपालिकाकै वडा नं. ४ र ५ को मतगणना सुरु भएको छ । 

जम्मा ७ गाउँपालिका रहेको हुम्लामा १ प्रतिनिधी सभा र २ जना प्रदेश सभासद छानिने छन् । मतगणना गर्नको लागि तिन तिन समूहको मतगणना समूहको व्यवस्था गरिएको छ भने मतगणना जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको छ । 

हुम्लाबाट प्रतिनिधी सभामा स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा, नेपाली काँग्रेसका मंगल बहादुर शाही विच कडा टक्कर पर्ने आँकलन गरिएको छ । त्यसै गरी क्षेत्र नंं. १ मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका दल रावल र नेपाली काँग्रेसका ठान बहादुर रोकाया विच कडा प्रतिष्पर्धा हुने देखिएको छ । २ नं. क्षेत्रमा भने बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय भण्डारी प्रतिरोध र नेपाली काँग्रेसका पूर्व खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाही विच कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ ।

मतगणना स्थलमा संचारकर्मी, राजनैतिक दलका प्रतिनिधी र मतगणना टोली बाहेक अन्य कोही कसैलाई प्रवेश गर्नको लागि रोक लगाईएको छ । संचारकर्मीलाई पनि कडा सुरक्षा जाँच गरी स्थलमा प्रवेश गराईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!