सर्लाहिमा मतगणना भोलीदेखि हुने, कुन क्षेत्रको मतगणना कहाँ ?

Posted on: 07 Dec, 2017

मङ्सिर २१, सर्लाही | सर्लाहीमा उत्साहपूर्वक रुपमा मतदान सकिएको छ । केही मतदानकेन्द्रमा सामान्य विवाद भएपनि जिल्लाभर समग्रमा शान्तपूर्ण रुपमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लामा करिव ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । बिहान७ बजेदेखि सूरु भएको मतदान अघि साँझ ५ बजे सकिएको हो । मतदानसकिएपछि जिल्लाका सबै मतदान केन्द्रबाट धमाधम मतपेटिका संकलनको काम भैरहेको छ । कडा सुरक्षाकाबीच राती अबेर सम्म सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरि सदरमुकाम मलंगवा ल्याइसकिने मूख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले बताउनुभयो । 

सदरमुकाम देखि टाढा रहेका र नारायणखोला, कालिन्जोर लगायत जिल्लाका विकट गाउँबाट मतपेटिका संकलन गर्न राती अबेर सम्म लाग्ने बताइएको छ । सर्लाहीमा मतगणना भने भोली बिहानबाट मात्रै हुने भएको छ । भोली बिहान साँढे १० बजे सर्वदलिय बैठक बसेर मतगणना थालिने मूख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्षेत्र नं. १, ३ र ४ को सर्लाही क्याम्पस र क्षेत्र नं. २ को जिल्ला समन्वय समिति भवनमा मतगणना गर्ने तयारी गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!