खोटाङमा मत गणना शुरु

Posted on: 07 Dec, 2017

चिसाङ शेर्पा मंसिर २१, खोटाङ । खोटाङमा मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहीवार साँझ ७ बजेदेखी मतगणना शुरु भएको हो । 

मूख्या निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतका चार वटा कोठामा मत गणना भईरहेकोे छ । दुई वटा कोठामा प्रतिनिधिसभाको मत, एक वटा कोठामा प्रदेशसभा (क) र अर्को कोठामा प्रदेशसभा (ख) को मत गणना शुरु भएकोे सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए । 


मत गणनाका लागि हरेक उम्मेद्वारका चार जना प्रतिनिधि रहेका छन् । गणनामा सहभागी हुने उम्मेद्वारका प्रतिनिधि तार जालीभन्दा बाहिर रहेका छन् । प्रत्यक्षतर्फको मत गणनापछि मात्र समानुपातिकतर्फको मत गणना गरिने जनाइएको छ । 

हरेक दुई घण्टामा मत गणनाको पछिल्लो परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । खोटाङमा १ लाख २५ हजार १ सय ८३ मतदातामध्ये ७१ हजार ३  सय ११ जनाले मतदान गरेका थिए ।  ५३ हजार ८ सय ७२ जना अनुपस्थित रहेका थिए ।   



यस बिषयमा तपाइको प्रतिक्रिया...!