यस्तो छ दार्चुलाको पछिल्लो मतपरिणाम

Posted on: 07 Dec, 2017

लोकेन्द्र प्रसाद जोशी/मङ्सिर २१, दार्चुला । दार्चुलामा बाम गठबन्धनले सुरुवाती आग्रता लिएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ १ निर्बाचन क्षेत्र रहेको दार्चुला जिल्लामा २, ८४३ मत गणना हुदा बाम गठबन्धनका उम्मेदबार गणेश सिह ठगुन्ना १,४७२ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली काग्रेशका उम्मेदबार बिक्रम सिह धामी १,२३१, नयाँ शक्तिका जितेन्द्र महरा १२, जनसमाजबादी पार्टी नेपालका धनबहादुर कुवर ३५, राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ३ मत प्राप्त गरेका छन । ९१ मत बदर भएको मुख्य निर्बाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!