रोल्पाको पछिल्लो मत परिणाम आयो, बाम गठबन्धन अगाडी

Posted on: 07 Dec, 2017

मंसिर २१, रोल्पा । रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अग्रता लिएका छन् ।

प्रतिनिधिसभाको लागि १ क्षेत्र रहेको रोल्पामा वाम गठबन्धनका तर्फबाट वर्षमान पुनले ६ सय ९६ मत ल्याएका छन् भने कांग्रेसका तर्फबाट अमरसिंह पुनले ३ सय ४३ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभा (क)मा माओवादीका कुलप्रसाद केसीले २ सय ९३ र कांग्रेसका शेरबहादुर महराले २ सय ७९ मत ल्याएका छन् । यसैगरी प्रदेशसभा (ख)मा माओवादीका दिपेन्द्रकुमार पुनले ५ सय १३ र कांग्रेसका खगेन्द्रप्रकाश हमाले १ सय ३७ मत ल्याएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!