हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै (मतपरिणामसहित)

Posted on: 07 Dec, 2017

मङ्सिर २१, हुम्ला । हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । 

प्रतिनीनिधी सभा तर्फका  स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाले १,३२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मंगल वहादुर शाहीले १,०१४ मत प्राप्त गरेका छन् ।

यसैगरी माओवादी केन्द्रका छिमी दोर्जे लामाए ८२२ मत प्राप्त गरेका छन् । त्यस्तै नयाँ शक्तिका तुल वहादुर शाहीले १०, जनसमाजवादीका रण वहादुर रम्तेलले २२६,  राप्रपा, राष्टिवादीकि देवकी शाहीले ५ र  संघियसमाजवादी फोरमका काली वहादुर विकले ७मत प्राप्त गरेका छन् ।

यस्तै गरि प्रदेश सभामा बाम गठबन्धनले अग्रता लिएको छ ।

बाम गठबन्धनका दल रावलले १६४५ र ठान बहादुर रोकाया ७०१ र नयाँ शक्ति नेपालका धर्मराज ऐडीले ३३ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!