हुम्लामा सबैलाई छक्क पार्ने गरि अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा !

Posted on: 07 Dec, 2017

मङ्सिर २१, हुम्ला | मङ्सिर १० गते हुम्लामा सम्पन्न भएको निर्वाचनको आज मतगणना हुँदै छ | 

हुम्लाको ताजाँकोट गाँऊपालिका र अदानचुली गाँऊपालिकाको नयाँ अपडेट अनुसार प्रतिनिधि सभा अन्तर्गत स्वतन्त्रका उम्मेदवार छक्क बहादुर लामाले १७६९ मत पाई अग्रता लिएका छन् | अग्रता लिएका लामालाई पछ्याउने क्रममा नेपाली कांग्रेसका मंगल वहादुर शाहीले १२८४ मत पाएका छन् भने तेश्रो स्थानमा रहेका माओवादी केन्द्रका छिमी दोर्जे लामाले ८५२ मत पाएका छन् | 

त्यस्तै चौथो स्थानमा रहेका जनसमाजवादीका रण वहादुर रम्तेलाले २३६ मत पाएका छन् | त्यस्तै पाँचौं स्थानमा संघियसमाजवादी फोरमका काली वहादुर विकले २९ मत पाएका छन् भने नयाँ शक्तिका तुल वहादुर शाहीले १७ र राप्रपा राष्ट्रवादीकि देवकी शाही ७ मत पाएकी छन् | 

यहाँ ४६ मत बदर भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!