रोल्पामा वर्षमानलाई दोब्बर भन्दा बढी मतको अग्रता (ताजा अपडेट)

Posted on: 08 Dec, 2017

मंसिर २२, काठमाडौं । रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन अनन्तले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भीक मत गणनाअनुसार उनले १५१९ मत पाएका छन् । कांग्रेसका अमर सिंह पुनले ७४३ मत पाएका छन् ।

यहाँ पहिलो चरण अन्तर्गत मङ्सिर १० गते निर्वाचन सम्पन्न भएको थियो । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्रै तारबार गरी मिलाईएका चार काउन्टरमा मत गणना भईरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी मत गणनालाई निष्पक्ष एवं विश्वसनीय बनाउन सीसीटीभी क्यामेरा जडान गरिएको छ भने हलभित्रै रहेका चार वटा काउन्टर रहेका स्थानलाई तारबारले घेरिएको छ । 

मत गणना स्थल बाहिर नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बललाई सुरक्षाका निम्ति खटाइएको छ । 

हलभित्रै निर्माण गरिएका चार वटा काउन्टरमध्ये दुई स्थानमा प्रतिनिधि सभा र दुईमा प्रदेश सभाको मत गणना गरिएको छ । 

दुवै तहको निर्वाचनमा विभिन्न पार्टीका ९ जना उम्मेदार चुनावी प्रतिस्पर्धामा छन् । रोल्पामा ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र तय गरिएका थिए । करिब ५५ प्रतिशत मतदान भएको रोल्पामा सबै १ लाख २७ हजार ६ सय २९ मतदाता थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!