बझाङको प्रतिनिधि सभा र प्रदेश सभामा बामगठबन्धनका उम्मेदवार अग्रता

Posted on: 08 Dec, 2017

सम्राट सिंह/ बझाङ । मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । 

हिजो सांझ ठिक ५ बजेबाट शुरु गरेको मत गणनामा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार पृथ्वी बहादुर सिंहले १२ हजार २ सय १३ मत प्राप्त गरेका गरेका छन भने बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार भैरव बहादुर सिंहले १४ हजार ३० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन यस्तै प्रदेश सभा (क) मा काँग्रेसका उम्मेदवार चन्द्रादेवि जोशीले ६ हजार २ सय ९६ मत प्राप्त गरेका छन भने बामगठबन्धनका उम्मेदवार अर्जुन बहादुर थापाले ८ हजार ४ सय ४९ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन । 

यसैगरी प्रदेश सभा (ख) मा काग्रेसका उम्मेदवार नरेस बहादुर सिंहले ६ हजार ७ सय ६९ मत प्राप्त गरेका छन भने बामगठबन्धनकी उम्मेदवार देवकी मल्लले ७ हजार १ सय १० मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन । 

बामगठबन्धनका मतदाता धेरै भएको ठाउँमा मतगणना गर्न बाँकी रहेकाले जिल्लामा बामगठबन्धनका ३ वटै उम्मेदवारहरु विजयी हुने अनुमान गरिएको छ ।

प्रतिनिधी सभाको लागी एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधी सभाको मतपत्र  दुइ ठांउमा एकै पटक गणना भैरहेको छ । भने प्रदेश सभाको एक एक ठांउमा गणना भैरहेको छ । 

बझाङ जिल्लामा कुल ६६ हजार २ सय ७३ मत खसेको छ । प्रतिनिधी सभाका लागी ७ जनाको प्रतिश्पर्धा रहेको यस जिल्लामा प्रदेश क को लागी ६ जना र ख को लागी ४ जना उम्मेदवार प्रतिश्पर्धा रहेको छ । 

सम्भवत भोली सांझ सम्म प्रतिनिधी सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भैसक्ने र लगतै समानुपातिक तर्फको मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बांस्तोलाले जानकारी दिएका छन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!