धादिङ्गमा बामगठबन्धन अगाडी: १ मा भारी मतान्तर २ मा कडा टक्कर !

Posted on: 08 Dec, 2017

मंसिर २२, काठमाडौं । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतपरिणाम बाम गठबन्धनको पक्षमा देखिएको छ । 

जिल्लामा २ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा छन् । यहाँ एमालेको पकड क्षेत्र मानिने प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका भूमी त्रिपाठीले १५ हजार ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका विश्व अर्यालले ६ हजार ८८७ मत पाएका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा पनि वाम गठबन्धनका खेम लोहनीले १० हजार ८३३ मत पाउँदा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दिलमान पाख्रिनले ९८८४ मत पाएका छन् ।

धादिङ्गको ४ प्रदेशसभाको ताजा मत परिणाम अपडेट यस्तो रहेको छ:- 

प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) 

वाम गठबन्धन (एमाले): राजेन्द्र प्रसाद पाण्डे (११६८५) 

लोकतान्त्रिक गठबन्धन (कांग्रेस): मधुकुमार श्रेष्ठले (५२८०) 

प्रदेशसभातर्फ क्षेत्र नं. १ (ख) 

वाम गठबन्धन (माओवादी केन्द्र): शालिकराम जमरकट्टेल (१०३६६) 

लोकतान्त्रिक गठबन्धन (नेपाली काग्रेस) प्रभातकिरण सुवेदी (४५७१) 

प्रदेशसभातर्फ क्षेत्र नं. २ (क)

वाम गठबन्धन (एमाले)) डा. रामकुमार अधिकारी (८१९१) 

लोकतान्त्रिक गठबन्धन (नेपाली कांग्रेस) रमेश धमला (७९९९) 

प्रदेशसभातर्फ क्षेत्र नं २ (ख) 

वाम गठबन्धन (माओवादी केन्द्र) जगत सिंखडा (७४२९) 

लोकतान्त्रिक गठबन्धन (राप्रपा) डम्बर तामाङ (७६७१) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!