गोबरगाढाबाट हेलिकप्टरमा मतपेटिका ल्याइयो

Posted on: 08 Dec, 2017

मङ्सिर २२, राजविराज  । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा निर्वाचन सम्पन्न भएपछि मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । 

सुरक्षाको दृष्टिले समेत अति संवेदनशील रहेको उक्त मतदान केन्द्रबाट राजविराजस्थित भीमदल गणको नेपाली सेनाको हेलिकप्टरले सुरक्षित साथ मतपेटिका ल्याएको नेपाली सेनाले जनाएको छ । 

कोशी टप्पुमा अवस्थित रहेको, वरीपरी नदीले घेरिएको र भौगोलिक विकटताका कारण त्यहाँबाट मतपेटिका ल्याउन समस्या भइरहेका कारण नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले राससलाई बताउनुभयो । त्यहाँ कूल ५७६ मतदाता छन् । 

यसैबीच, सप्तरी जिल्लाको सबै ठाउँको मतपेटिका आज बिहानसम्म सप्तरी सदरमुकाम राजविराज ल्याइसकेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले राससलाई जानकारी दिनुभयो । 

मतपेटिका भने राजविराजस्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रमा राखिएको र हालसम्म मतगणना शुरु नभएको जिल्ला मुख्य निर्वाचन कार्यालयबाट जानकारी प्राप्त भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!