पर्वत जिल्लामा दिउँसो देखि मतगणना शुरु हुने , यस्तो तयारी र सुरक्षा ब्यबस्था

Posted on: 08 Dec, 2017

 /पर्वत जिल्लामाम शुक्रबार १ बजे देखि मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइसकेकाले दिउँसो ११ बजे सर्वदलिय बैठक बसेर दिउँसो १ बजेपछि मतगणना हुनेछ । मतगणनास्थल जिल्ला अदालतमा उच्च खालको सुरक्षा ब्यबस्था मिलाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ । ३ स्थानमा मतगणना गर्ने ब्यबस्था मिलाइएको छ । दुई कोठामा प्रत्यक्ष तर्फ र एक ठुलो हलमा समानुपातिक तर्फको मत गणना हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!