खोटाङमा बामको अग्रता कायमै, सात हजारवढी मतले अगाडी

Posted on: 08 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार १ सय ८४ मतान्तरले फराकिलो अग्रता कायम राखेको छ । 

विहीवार साँझ ७ बजेवाट शुरु भएको मतगणनाको भोलिपल्ट शुक्रबार बिहान १२ बजेभन्दा अघिसम्म प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ९ हजार १ सय ५२ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ५ हजार ९ सय ८ मत ल्याएकी छन् ।

बाम गठबन्धनसँग लोकतान्त्रिक गठबन्धन ३ हजार २ सय ४४ मतले पछाडी रहको छ । नयाँ शक्ति पार्टी नेपालका मदन राई तेश्रो स्थानमा उक्लिरहेको छ । राईले ७ सय ७३ मत ल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका कृष्ण कुमार राईको ४ सय ६२ मत आएको छ । 

प्रदेशसभा (क) बाम गठबन्धन उम्मेद्वार राजन राइ ४ हजार ६ सय ८४, सुवास कुमार पोखरेल ३ हजार ६४ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धन १ हजार ६ सय २० मतले पछाडी रहेको मुख्य निर्वाचन मृख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार राम कुमार राई पासाङ ५ हजार २ सय ९२ र कांग्रेसका विष्णु कुमार राई २ हजार ९ सय ७२ मत ल्याउदै बाम गठबन्धन भन्दा २ हजार ३ सय २० मतले पछी रहेको छ । खोटाङमा १ लाख २५ हजार १ सय ८३ मतदातामध्ये ७१ हजार ३ सय ११ जनाले मतदान गरेका थिए । ५३ हजार ८ सय ७२ जना मतदाता अनुपस्थित रहेको थियो ।   





यस बिषयमा तपाइको प्रतिक्रिया...!