रोल्पामा बर्षमान पुन दोब्बर मतले अगाडी (पछिल्लो मत परिणामसहित)

Posted on: 08 Dec, 2017

मनिषा राई/मंसिर २२, रोल्पा । रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ । 

जारी मत गणना अनुसार प्रतिनिधि सभा तर्फ बामगठबन्धनका माओवादी केन्द्रका उमेदवार बर्षमन पुनले ६ हजार ६ सय ५२ मत लिएका छन भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन । 

त्यसै गरि प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसिले २ हजार ७ सय ४० र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ९ सय ७८ मत ल्याएका छन ।

प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले ४ हजार ६ सय ६५ र नेपाली कांग्रेसका खगेन्द्र प्रकास हमालले १ हजार ३ सय ४९ मत ल्याएका छन । मत गणना जारी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!