बझाङ्ग जिल्लाको विकासका योजनाकार: अर्जुनबहादुर थापा (परिचय)

Posted on: 08 Dec, 2017

मङ्सिर २२, बझाङ | प्रदेश (क) बझाङबाट अर्जुनबहादुर थापा प्रदेश सभा सदस्य विजयी  भएका छन् ।

२०१० साल चैत्रमा बझाङको लामातोलामा जन्मिएका अर्जुन थापाको छवी जिल्लामा विकास योजनाकारको रुपमा परिचित छ । अर्थशास्त्र र भुगोलबाट स्नातक गरेका थापा २०२८ साल देखी नै बामपन्थी राजनितिमा झुकाव राख्न थालेका थिए । 


२०३६ सालमा भएको जनमत संग्रहमा बहुदलबादी खेमामा रहेर प्रचारकको काम गरेका थापा शिक्षक पृष्ठभुमिबाट राजनितीमा आएका हुन । २०३७ सालमा नेपाल शिक्षक संगठन बझाङको संस्थापक सहसचिव हुदै २०४६ सालको प्रजातन्त्र पश्चात फुटेको एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङको संस्थापक अध्यक्ष समेत भएका थिए । 

२०५२ साल देखी २०५६ साल सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन कै केन्द्रिय सदस्य पदममा काम गरेका थापा २०५६को आम निर्वाचनमा शिक्षक पदबाट राजिनामा गरेर एमालेको तर्फबाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेका थिए । उनि नेपाली काङग्रेस संग पराजित भए । 

बझाङमा एमाले स्थापना गर्ने मध्येका एक थापाले एमाले बझाङको पार्टी सचिव र अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन । एमाले सेती अंञ्चल समन्वय समितिको सदस्य हुदै हाल प्रदेश नं ७ प्रदेश कमिटीका सदस्य रहेका थापा द्धन्द्धकालमा माओवादीको अपहरणमा परी १० दिन पछि मुक्त भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!