मुगुमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धन विजयी

Posted on: 08 Dec, 2017

नन्द बहादुर रोकाया/मङ्सिर २२, मुगु  । गमगढी एक क्षेत्र रहेको मुगु जिल्लामा  प्रतिनिधि सभामा सदस्यमा वामगठबन्धन तथा नेकपा एमालेका का गोपाल बहादुर बम बिजय भएका छन । 

बमले १३ हजार ३४ मत प्राप्त गरी बिजय भएका छन भने उहाँका प्रतिद्धन्धी नेपाली काग्रेशका हस्त बहादुर मल्लले  ९ हजार ८ सय ६१ मत प्राप्त गरी पराजित हुनुभएको छ । मुगुमा जम्मा मतदाता सख्या ३० हजार पन्ध भएका भएपनी २३ हजार ७ सय बाह्र मत खसेको थियो । 


मुगुमा प्रतिनिधि सभाको मतपरिणमाको नतिजा आएको भएपनी प्रदेश सभाको मतगणना अब केहि बेरमा गरीने मुख्य निवार्चन अधिकृतको कार्यलयले जनाएको छ ।

वामगठबन्धनका गोपाल बहादुर बम १३००३४

नेपाली कांग्रेसका हस्त बहादुर मल्ल  ९८६१        

नयाँ शक्ति पार्टी नेपाल राज बहादुर भाम ९९

जम्मा बदर मत ७१८

यस बिषयमा तपाइको प्रतिक्रिया...!