नवलपरासी बर्दघाट सुस्ता पश्चिममा मतगणना सुरु

Posted on: 08 Dec, 2017

श्याम थापा/मङ्सिर २२, परासी । नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा मतगणना सुरु भएको छ । 

दुई प्रतिनिधि सभा र चार  प्रदेश सभा रहेको नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको मतगणना परासीमा रहेको आदर्श उच्च माध्यमिक बिद्यालयमा उच्च सुरक्षाको निगरानीमा मतगणना भैरहेको छ । 

कुल दुई  सय सन्ताउन्न  मतदान केन्द्र र कुल दुई लाख आठ हजार दुई सय सैतिस मतदता रहेको बर्दघाट सुस्ता पश्चिममा ७७।६०५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतले जनाएका छन । दुई प्रतिनिधि सभा र चार प्रदेश सभाको मतगणना ६ वटा कोठामा भैरहेको छ । 

सि सि टिभी क्यामेरा उच्च सुरक्षाको निगरानीमा भैरहेको मतगणना स्थलमा दलका प्रतिनिधि,नेपाल प्रहरी,म्यादी प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,पर्वेक्षक र पत्रकारहरुलाई मात्र प्रवेश गर्न दिएको छ । 

एक बजे देखि भएको मतगणनाको पहिलो मत परिणाम करिब चार बजे बाहिर ल्याएको हो । पहिलो मतको परिणाममा निर्वाचन क्षेत्र न १ प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसको देवकरण प्रसाद कलवार एक हजार चौउन्न मत प्राप्त गरेका छ्न भने बाम गठबन्धन तथा स्वतन्त्र राजनीतिक समुहका उम्मेदवार हृदयेश त्रिपाठि एक हजार एक सय छ मत प्राप्त गरि त्रिपाठी ५१ मतले अगाडि रहेको छ । त्यस्तै ६८ मत हातमा लिएको मसालले घरले ४० मत र छाताले २८ मत प्राप्त गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!