दोलखामा बाम गठबन्धनका उम्मेद्वार १३ हजार मतको अन्तरले अगाडि

Posted on: 08 Dec, 2017

मङ्सिर २२, दोलखा । दोलखामा पनि अहिले मतगाणना जारी रहेको छ । 

भर्खरै प्राप्त मतपरिणाम अनुसार दोलखामा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेद्वार रहेका एमाले नेता पार्वत गुरुङले फराकिलो अन्तरले अग्रता लिइरहेका छन् ।

गुरुङले अहिलेसम्म २२ हजार १ सय १८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रुद्रहादुर खड्काले ९ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् । 

त्यस्तै दोलखाको प्रदेशसभा क मा माओवादीतर्फका उम्मेद्वार विशाल खड्काले  १३ हजार ३ सय ६० मत  पप्त गरेका छन् भने कांग्रेसका बर्मा लामाले ४ हजार ४ सय मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश ख तर्फ एमालेका पशुपति चौलागाईले ९ हजार ३२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी केशव चौलागाईले ४ हजार ५५ मत प्राप्त गरेका छन् । त्यस्तै मालेका उम्मेद्वार लालकुमार केसीले २२ सय ३८ मत प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!