हुम्लामा प्रतिनिधीमा छक्क बहादुर, प्रदेशमा रावल विजयी

Posted on: 08 Dec, 2017

रेशम राज रोकाया/मङ्सिर २२, हुम्ला । प्रतिनिधी सभाको लागि हुम्लाबाट स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा विजयी हुनु भएको छ । 

उहाँले ८ हजार ४ सय ९१ मत ल्याई विजयी हुनु भएको हो । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेपछि हुम्लामा बाघी उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका छक्क बहादुर लामाले सबैलाई छक्क बनाई जित हासिल गर्नु भएको हो । 


उहाँको प्रतिद्वन्द्धी नेपाली काँग्रेसका मंगल बहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनु भएको थियो । दुई जनाको मतान्तरलाई हेर्ने हो भने ४७ भोटले छक्क बहादुर  लामा विजयी हुनु भएको हो । स्वतन्त्र उम्मेद्वारको बढी भोट बदर भएको भएता पनि जित हासिल गर्नु छक्क बहादुर लामाले अहिले हुम्लामा छक्क नै पारेका छन् । उता पार्टीको आधिकारिक उम्मेद्वार छिमी दोर्जे लामाले पनि पार्टीको भोट काटेको भएता पनि विजयी हुनु कम्तीको चुनौती रहेका थिएन ।

उता प्रदेश क तर्फको बाम गठबन्धनका उम्मेद्वार एमालेका दल रावलेले फराकिलो भोटको साथमा विजयी हुनु भएको छ । उहाँको प्रतिद्धवन्दी ठान बहादुर रोकायालाई सहज रुपमा विजयी मत दल रालवले प्राप्त गर्नु भएको छ । दल रावल हुम्लाको नेकपा एमालेका पार्टी अध्यक्ष समेत रहनु भएको छ । 

अघि २ बजे देखी निस्केको विजयी जुशलु अहिले पनि सिमिकोटको विभिन्न ठाउँमा परिक्रमा गरिरहेको छ । सभालाई सम्बोधन गर्ने क्रममा स्वतन्त्र उम्मेद्वार छक्क बहादु लामाले आफु हिजो पनि माओवादी केन्द्रमा संलग्न भएको भएता पनि हाल पनि मोओवादी नै रहेको बताउनु भयो । 


पार्टीले आफुलाई अन्याय गरेको भएता पनि आफुलाई जनताले न्याय दिलाएको बताउनु भयो । हुम्लामा बाम एक भएर हुम्लाको विकाश निर्माणको क्रममा सँगै हातेमालो गरी लागि परिरहने र आगमी दिनमा जनता माझ रही जनतकै सेवा गर्ने बताउनु भयो । 

त्यसै गरी बाम गठबन्धनबाट प्रदेश क मा जित हासिल गर्नु भएका दल रावलले आफुहरु कुनै पनि हालतमा हुम्लाको विकासको लागि सम्झौता नगरी सेवामा लागी पर्ने बताउनु भयो ।

 हुम्ला प्रदेशको अपडेट ख 

 जिवन शाही रुख  २८९७

विजय भणडारी हासियाहटौडा  २७५१

यस बिषयमा तपाइको प्रतिक्रिया...!