पर्वतमा काँग्रेसका तीनै उम्मेदवार मतगणना स्थलमा अनुपश्थित

Posted on: 08 Dec, 2017


पर्वत । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फका उम्मेदवारहरु मतगणना स्थलमा अनुपश्थित देखिएका छन् ।

काँग्रेसकै कारण ढिला गरी मत गणना शुरु भएको पर्वतमा काँग्रेसका उम्मेदवाहरु आफ्नो एजेण्डहरुलाई पठाएर अनुपश्थित देखिएका हुन् । 

बामगठबन्धनका उम्मेदवार भने तीनै जना मतगणना स्थलमा सहभागी बनेका छन् । हसिला मुहारमा बामगठबन्धनमा उम्मेदवारहरु देखिएका छन् भने नेपाली काँग्रेसका उम्मेदवारहरु भने सर्वदलीय बैठकबाट मलिन मुहार लिएर फर्केका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!