खोटाङमा ९ हजारवढी मतले बाम गठबन्धन अगाडी

Posted on: 08 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा प्रतिनिधि र प्रदेससभा तीनै सिटमा बाम गठबन्धनले ह्याट्रिक देखाउदै गएको छ । 

प्रतिनिधिसभा एक, प्रदेशसभा दुई सिटमा बाम गठबन्धन लगातार अगाडी बढिरहेको हो । शुक्रवार साँझसम्मको मत गणना अनुसार बाम गठबन्धन ९ हजार ७ सय ३९ मतले अगाडी छ । लोकतानित्रक गठबन्धन मतान्तर घटाउने प्रयासमा छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई १३ हजार २ सय ४ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमय ८ हजार २ सय ५३ मत ल्याउदै बिशाललाई पछ्याईरहेकी छन् । वजिमय ४ हजार ९ सय ५१ मतले ब्याक रहेको छ । 


नयाँ शक्ति पार्टी नेपालका मदन राई तेश्रो स्थानमा कायमै रहेको छ । कृषिबिज्ञ राईले १ हजार १४ मत ल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका कृष्ण कुमार राई ८ सय ७६ मतमा दौडिरहेका छन् । राई नयाँ शक्तिभन्दा १ सय १३ मतले पछाडी छ ।

प्रदेशसभा (क) बाम गठबन्धन उम्मेद्वार राजन राइ ५ हजार ८ सय ९७, कांग्रेसका उम्मेद्वार सुवास कुमार पोखरेल ३ हजार ८ सय १३ मत ल्याउदै बाम गठन्धनलाई पछ्याई रहेका छन् । बाम गठबन्धनसँग पोखरेल २ हजार ८४ मतान्तरमा पछाडी रहेको छ । संघीय समाजवादी फोरम नेपालका नबिन राई ४ सय २४, राष्ट्रिय जनमुक्ति पार्टीका तुलसी कुमार राई ५६, नेपाल कम्न्युष्ट पार्टी मालेका नेत्र बहादुर कट्वाल ४ सय १ मतमा रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

यस्तै, प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार राम कुमार राई पासाङ ७ हजार १३ तथा कांग्रेसका विष्णु कुमार राई ४ हजार ३ सय ९ मत ल्याउदै बाम गठबन्धन भन्दा २ हजार ७ सय ४ मतले पछी रहेको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार टंक थापा २ सय ५९ र नेपाल कम्युनिष्ट पार्टी मालेका कुल प्रसाद फुयल ३ सय १९ मतमा अगाडी बढिरहेका छन् ।  

यस्तै प्रतिनिधिसभा अन्तरगत सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेशबहादुर राईले १४, राष्ट्रिय जनता पार्टी नेपालका विश्वास राईले २९ , एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) को महेश बास्तोलाले २३ मत र मंगोल नेशनल अर्गानाईजेशनका बिरलाल राईको १९ मत आएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिकाका १ सय ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदातामध्ये ७१ हजार ३  सय ११ जनाले मतदान गरेका थिए ।  ५३ हजार ८ सय ७२ जना अनुपस्थित रहेका थिए ।   






यस बिषयमा तपाइको प्रतिक्रिया...!