बाँके २ मा बाम गठबन्धनको निराशाजनक मत, कांग्रेस र फोरमबीच टक्कर !

Posted on: 08 Dec, 2017

मङ्सिर २२, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत २१ गते सम्पन्न निर्वाचनको ताजा मत परिणाम अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर २ मा कांग्रेस नेतृत्वको गठबन्धन र फोरमबीच टक्कर देखिएको छ | 

यहाँ प्रतिनिधि सभामा संघीय फोरमका ईश्तियाक राईले २७७१ मत ल्याई अग्रता कायम गर्दा लोकतान्त्रिक गठबन्धनका राप्रपा उम्मेदवार ओमप्रकाश आजादले २००५ मत पाएका छन् | त्यस्तै यहाँ एमाले तेश्रो नम्बरमा छ, उसको उम्मेदवार पशुपति दयाल मिश्रले १२७२ मत पाएका छन् | 

प्रदेश सभामा कसको स्थिति कस्तो ? 

बाँके क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश 'क' मा संघीय फोरमका विजय यादवले ११८२ मत पाई अग्रता कायम गरेका छन् भने यहाँ कांग्रेसका निरञ्जन सिजापती ४५९ मत सहित पछ्याईरहेका छन् | त्यस्तै बामगठबन्धनको कामता सोनखरले १३८मत पाएको अवस्था छ | 

त्यस्तै बाँके क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख) मा काग्रेसका सुरेन्द्र हमालले १४११ सहित अग्रतामा छन् | यहाँ संघीय फोरमका दुर्गेश गुप्ताले १२४० मत पाएका छन् | त्यस्तै बामगठबन्धनका विजयकुमार गुप्ताले ८२९ मत प्राप्त गरेका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!