डोल्पाको मतगणना सकियो, तिनैवटै क्षेत्रमा बाम गठबन्धन बिजयी

Posted on: 08 Dec, 2017

टेक शाही/मङ्सिर २२, डोल्पा । डोल्पा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सकिएको छ । 

प्रत्यक्ष तर्फको मत परिणाम अनुसार प्रनितिभिसभा र दुबै प्रदेशसभामा बाम गठबन्धनले बिजयी हात पारेका छन । प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट नेकपा एमालेका धन बहादुर बुढा ११७६१ मत प्राप्त गरि बिजयी भएका छन । नेपालीकाँग्रेसका उम्मेद्धार अँगद कुमार बुढालाइ भारि मतले पराजित गर्दै धन बहादुर बुढाले बिजयी हात पारेका हुन । अँगद कुमार बुढाले कुल मतको ३१६७ मत प्राप्त गरेका छन । 

धन बहादुर बुढा 

प्रतिनिधिसभाका उम्मेद्धार मालेका हर्क बहादुर ठकुल्लाले कुल मतको २९९ मत प्राप्त गरेका छन भने राष्ट्रिय जनमुक्ती पार्टिका उम्मेद्धार अर्जुन बहादुर शाहीले कुल मतको २१ मत प्रापत गरेका छन । प्रतिनिधिसभामा १५८१२ अर्थात ८३ दशमलव २३ प्रतिशत मत खसेको थियो । सोहि अनुसार १५२५१ मत सदर भएको थियो भने ५६१ मत बदर भएको छ । 

त्यसै गरि प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दसिँह बुढाले कुल मतको ५४९० मत प्राप्त गरि बिजयी भएका छन । उनले नेपाली काँगे्रसका प्रदेश उम्मेद्धार बेगमसिँह ठकुरिलाइ ४२७७ मतले पछि पार्दै बिजयी भएका हुन । 

नन्दसिँह बुढा

बेगमसिँह ठकुरिले १२१३ मत प्राप्त गरेका छन । प्रदेशसभा १ मा ६७८६ मत अर्थात ८२ दशमलव ३२ प्रतिशत मत खसको थियो भने सो मध्य ६६८३ मत सदर र ८६ म तबदर भएको छ । 

त्यसतै प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट माओबादि केन्द्रका उम्मेद्धार बिर बहादुर शाहीले कुल मतको ६४१४ मत प्राप्त गरि बिजयी भएका छन । उनले नेपाली काँग्रेसका उम्मेद्धार शुरेस बहादुर शाहीलाइ पछि पार्दै भारि मतले बिजयी हात पारेका छन । शुरेस शाहीले कुल मतको २१०५ मत प्राप्त गरेका छन । 

यसका साथै स्वतन्त्र उम्मेद्धार जय बहादुर डसालले कुल मतको ९० मत प्राप्त गरेका छन भने नयाँशक्ति नेपालका उम्मेद्धार पुष्पराज बुढाले कुल मतको १४० मत प्राप्त गरेका छन । प्रदेशसभा २ मा ९०२६ मत अर्थात ८३ दशमलव ९२ प्रतिशत मत खसको थियो । सोहि अनुसार ८७५० मत सदर भएको छ भने २७६ मत बदर भएको छ । 

बिर बहादुर शाही

डोल्पा जिल्लामा १८९८९ मतादाता हरु रहेका थिए भने प्रतिनिधिसभा र प्र्रदेशसभा निर्वाचनमा १५८१२ मतदाताले मतदान गरेका छन । बिजयी भएका तिनै तहका उम्मेद्धारले शनिबार बिहान १० बजे एकै साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाण पत्र लिने भएका छन । 




 


यस बिषयमा तपाइको प्रतिक्रिया...!