गच्छदारलाई संकटमा पार्दै एमालेकी भगवतीको अग्रता - कति छ मतान्तर ?

Posted on: 08 Dec, 2017

मंसिर २२, सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ अन्तर्गत प्रतिनिधि सभाको मतगणना जारी छ | यहाँ एमाले उम्मेदवारको अग्रता छ | 

सुनसरीको क्षेत्र नं. ३ मा विजयकुमार गच्छदारलाई पछि पार्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता लिएकी छिन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार १ हजार ६ सय २२ मत ल्याउँदै चौधरीले अग्रता कायम गरेकी हुन् ।

चौधरीलाई पछ्याउँदै कांग्रेस नेता गच्छेदारले १ हजार १ सय ९३ मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!