बैतडीका दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन विजयी

Posted on: 09 Dec, 2017

नरी बडु/मङ्सिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमा बाम गठबन्धनले जित हात पारेको छ । 

प्रदेश (क) मा नेकपा माओबादी केन्द्रका प्रेम प्रकास भट्ट १८ हजार ९३ मत सहीत बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका हरीमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गर्नु भएको छ । 


३८ हजार १८ मत खसेको यस प्रदेशमा तीन हजार एक सय ३६ मत बदर गएको छ । यस्तै प्रदेश (ख) मा नेकपा एमालेका लीलाधर भट्ट २० हजार ३ सय १८ मतसहीत विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वि राप्रपाका गणेश चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गर्नुभएको छ । ३८ हजार एक सय ५५ मत खसेको यस प्रदेशमा दुई हजार पाँच सय ९० मत बदर गएको थियो । 

मुख्य निर्वाचन अधिकृतले मत गणना सकिएको जानकारी दिएपनि औपचारिक रुपमा भने घोषणा गर्न बाँकी छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!