नुवाकोटको मतपरिणाम रामशरण महत र अर्जुननरसिंह केसीको विपक्षमा (अपडेट हेर्नुहोस)

Posted on: 09 Dec, 2017

मङ्सिर २३, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत नुवाकोट जिल्लाको ताजा मत परिणाम हामीले पाएका छौं | 


पछिल्लो मत परिणाम अनुसार कांग्रेसका हेभीवेट नेताका रुपमा चिनिने रामशरण महतलाई १८४८ को फराकिलो अग्रता बढ्दा मतपरिणामले तनाव बनाएको छ भने कांग्रेसकै क्षेत्र नम्बर २  का उम्मेदवार अर्जुननरसिंह केसीलाई झन् ३५७७ मतको अन्तरले झनै तनाव बनाएको अनुमान लगाउन सकिन्छ | 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ 

प्रतिनिधि सभा अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले ११,०८० मत प्राप्त गर्दै अग्र स्थानमा हुनुहुन्छ भने उहाँको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रामशरण महतले ९२३२ मत प्राप्त गर्नु भएको छ | यहाँ तामांग र महतबीच १८४८ मतको अन्तर रहेको छ |

त्यस्तै नुवाकोट १ को प्रदेश क अन्तर्गत एमालेका बद्री मैनालीले ७ हजार ४ सय ७४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रमेश महतले ३ हजार ७ सय ६६ मत पाएको छ | 

त्यस्तै  नुवाकोट १ को प्रदेश ख अन्तर्गत माओवादी केन्द्रकि उम्मेदवार राधिका तामाङले ५ हजार ७ सय २४ मत पाउँदा नेपाली कांग्रेसका महेन्द्र थिइगले ४ हजार २९ मत पाएका छन् | 

प्रतिनिधि सभा क्षेत्र नम्बर २  

प्रतिनिधि सभा अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ११,०६१ मत पाएका छन् भने प्रतिद्वन्दी नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ७४८४ मत पाएका छन् |

त्यस्तै नुवाकोट २ को प्रदेश क अन्तर्गत एमालेका केशव पाण्डेले ६९९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले ४४५४ मत पाएका छन् |  

त्यस्तै  नुवाकोट २ को प्रदेश ख अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले ५९४० मत पाउँदा नेपाली कांग्रेसका जगत तामाङले ४८२० मत पाएका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!