यस्तो छ रोल्पाको पछिल्लो मत परिणाम, बर्षमान पुनको जित पक्का

Posted on: 09 Dec, 2017

मनिषा राई/मंसिर २३, रोल्पा । रोल्पामा प्रतिनिधि सभातर्फ बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुनले दोब्बर बढी मतले अग्रता लिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार २८ हजार १७९ मत गनिसक्दा बर्षमान पुनले १६ हजार ७५७ मत प्राप्त गरेर अग्र स्थान हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनमगरले ७ हजार ९६२ मत प्राप्त गरेका छन् ।  

यस्तै प्रदेश सभा क तर्फ रोल्पा १ मा नेकपा (माओवादी केन्द्र) का उमेद्वार कुलप्रसाद केसी ‘सोनामले अग्रता लिएका छन् ।

१६ हजार ५५० मत गनिसक्दा माओबादी उम्मेदवार कुलप्रसाद केसी ‘सोनाम’ले ८ हजार ८३७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराले ५ हजार ४१२ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश सभा ख तर्फ रोल्पा २ मा पनि नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ले दोब्बर बढी मतले अग्रता लिएका छन् ।

१६ हजार ७६५ मत गनिसक्दा माओबादी उम्मेदवार पुनले १० हजार ७९६ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालले ४ हजार ५८३ मत प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!