यस्तो छ डडेलधुराको पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

Posted on: 09 Dec, 2017

मङ्सिर २३, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार देउवा ४ हजार ८ सय ८६ मतले अगाडि छन् । देउवाले ११ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठवन्धनका साझा उम्मेदवार माओवादी नेता खगराज भट्टले ६ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् ।

डडेल्धुरामा आधाभन्दा बढी मत गणना भइसकेको जनाइएको छ । ८१ हजार ७ सय ३६ मतदाता रहेको डडेल्धुरामा ५४ हजार ९७ मत खसेको थियो ।

प्रदेशसभा (क) निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार एमाले नेता पठानसिंह बोहराले १० हजार ५६ मत प्राप्त गरेका छन् भने कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका रघुवर भट्टले ६ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा कांग्रेसका कर्ण बहादुर मल्लले ७८२३ मत प्राप्त गरेका छन् भने वाम गठवन्धनका उम्मेदवार एमाले नेता डा. तारा जोशीले ६ हजार ५ सय ६२ मत प्राप्त गरेको छ । मल्ल कांग्रेसका वर्तमान जिल्ला सभापति हुन् भने डा. जोशी एमालेका जिल्ला अध्यक्ष हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!