यस्तो आयो रोल्पाको पछिल्लो मत परिणाम, कसको कति मत ?

Posted on: 09 Dec, 2017

मनिषा राई/मंसिर २३, रोल्पा । रोल्पामा बाम गठबन्धनका उम्मेदवार तथा माओबादी केन्द्रका नेता बर्षमान पुनले दोब्बर मतआन्तर कायम राखेका छन् ।

प्रतिनिधि सभामा उम्मेदवार बनेका पुनले ४२ हजार ४८७ मत गणना भैसक्दा २४ हजार ७१४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार अमरसिंह पुनमगरले १२ हजार ५७१ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश सभा क तर्फ रोल्पा १ मा माओबादी केन्द्रका उम्मेदवार कुलप्रसाद केसी ‘सोनाम’ले २३ हजार ९०८ मत गणना भैसक्दा १३ हजार ०४९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महराले ७ हजार ५९६ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश सभा ख तर्फ रोल्पा २ मा नेकपा (माओवादी केन्द्र) का उमेद्वार दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ले २७ हजार ८६८ मत गणना भैसक्दा १८ हजार ०७५ मत प्राप्त गरेका छन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार खगेन्द्र प्रकाश हमालले ७ हजार ५६६ मत प्राप्त गरेका छन् । अहिले पनि मत गणना जारी रहेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!