गरिवले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिए पन्थीले

Posted on: 09 Dec, 2017

प्रेम सुनार/मंसिर २३, गुल्मी ।  जम्मा एक जोर कपडामा उनले उनले झण्डै एक महिने चुनावी सभा र घर दैलो भ्याए । 

चुनावमा पैसा खर्च गर्न सक्ने अवस्थाका छैनन् । उनको जित मुस्कीलै छ भन्ने उनका नजिकमा मानिसहरु समेत । तर उनले प्रसस्त पैसा खर्च नगरे पनि चुनाव जितेरै  छाडे । उनि हुन् गुल्मी क्षेत्र नं २ को प्रदेश २ का वामगठबन्धनका उमेदवार दिनेश पन्थी ।   

जसका सामु चुनावमा कार्यकर्ता परिचालनको खर्च समेतको संकट थियो । आर्थिक संकटका वावजुद पनि उनले भारी मतले  प्रदेश सभा सदस्यमा चुनाव जिते । वाम गठबन्धनबाट ने.क.पा माओवादी केन्द्रका नेता पन्थीले ८ हजार ३७ मत अन्तरले काँग्रेस उम्मेदवार छन्द  पहराईलाई पछाडी पार्दै विजयी भएका हुन् । 

पन्थीले १७ हजार ६ सय १ मत ल्याएका छन् भने काँग्रेस नेता पहराईले ९ हजार पाँच सय ६४  मत ल्याएका छन् । गुल्मीको भनभनेमा २०२८ साल चैत्र १ गतेका दिन पिता हुमाकान्त पन्थी र माता पवित्रा पन्थीका कोखबाट जन्मीएका  पन्थी सानै देखि वामपन्थी आन्दोलनमा लागेका थिए ।  


२०३७ सालमा अनेरास्ववियु ५ को सदस्यबाट ईलाका अध्यक्ष जिल्ला सहसचिव हुँदै राजनीति यात्रा अघि बढाएका नेता पन्थीको स्मरणीय र रोचक पक्ष के छ भने २०४३ सालमा पञ्चायत विरोधी आन्दोलनमा लागेको अभियोगमा नेपाल अधिराज्यभरका सरकारी विद्यालयहरुमा पढ्न तत्कालिन सरकारले बन्देज गरे पछि अध्यानका लागि भारत पुगेका थिए । 

भारतमा पुगेर तत्कालिन माले निकट अखिल भारत प्रवासी नेपाली संघमा उत्तर प्रदेशको सदस्य पछि व्युरो सचिव र महासचिव समेत हुँदै नेकपा एमालेमा केन्द्रिय सदस्य रहेका थिए । 

कम्युनिष्ट आन्दोलनमा लागे वापत प्रवास मै पटक पटक त्यहाँको प्रहरीबाट पटक पटक हिरासतमा परेका पन्थी पछि राजतन्त्र विरोधी आन्दोलनमा लागेको आरोपमा समेत पटक पटक हिरासतमा परेका थिए । 

कम्युनिष्ट आन्दोलनका ईमान्दार र निष्ठावान नेता मानिने पन्थी हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईञ्चार्ज समेत हुन् । साधा जिवन उच्च विचार राख्ने पन्थी विलासी जिवन कहिल्लै अंगालेनन् । 

जिल्लाका सवै दलका उमेदवारहरु मध्ये सवै भन्दा सोझा मानिने र कम पैसा भएको उमेदवारका रुपमा चिनिने उनि चरम आर्थिक संकट झेल्दै राजनैतिक यात्रामा खर्च अभावकको र्संकट समेत खेप्दै आएका थिए । उनको जितले सामन्य परिवारको गरिवको छोराले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!