विजयी र्यालीका लागि रोल्पा आएका बर्षमानले पार्टी एकताबारे मुख खोले

Posted on: 09 Dec, 2017

मनिषा राई/मंसिर २३, रोल्पा । संयुक्त वाम गठबन्धन रोल्पाका उमेद्वार एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर 'अनन्त' विजयी  र्यालीका लागि रोल्पा आई पुग्नुभएको छ । 

मतगणनास्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै शनिवार जितको नजिक पुग्नुभएको नेता अनन्तले धेरै उम्मेदवारहरु भएको ठाउँमा पनि अत्यन्त सौहार्दपुर्ण बाताबरणमा चुनाव सम्पन्न भएको र यो खुशिको कुरा भएको बताउनुभयो ।

साथै उहाँले बामगठबन्धनलाई जनताले मन पराएको उल्लेख गर्दै यो गठबन्धन पार्टी एकतासम्म जाने गठबन्धन भएको समेत उद्घोष गर्नूभयो ।

बिप्लव नेतृत्वको पार्टीले गरेको चुनाव बहिष्कार र तिनका कार्यकर्ता रिहाइको सम्बन्धमा पत्रकारहरुले गरेको प्रश्नमा नेता अनन्तले संबिधानमा नो भोटको कानुनी व्यवस्था भएपनि अबैधानिक कार्य गरेकाले त्यस्तो कार्य गर्नेहरु कानुनी प्रक्रियामा जाने र राजनैतिक रुपमा छुट्टै छलफल हुने प्रतिक्रिया दिनुभयो ।

यस्तै पार्टी एकता सम्बन्धमा पत्रकारहरुको प्रश्नमा नेता अनन्तले देशैभरि नतिजा सार्वजनिक भएपछि समिक्षा सहित पार्टी एकतामा जाने जानकारी दिनुभयो । उहाँले रोल्पा जिल्लाको अन्तिम मत परिणाम आएपछि विजयी ¥याली मनाएर मात्रै फर्किने बताउनुभयो ।

त्यसैबिच प्रदेश सभा ख प्रत्यक्षतर्फ नेकपा माओबादी केन्दका उम्मेदवार दिपेन्द्र पुन सिजलले पहिले पार्टीको जिम्मेवारीमा रहेको तर अहिले सार्वजनिक जिम्मेवार निकट पुग्दा थप जिम्मेवारी थपिएको महशुस भएको बताउनुभयो । 

उहाँले बाम गठबन्धनको नारा 'समृद्ध रोल्पा सुखि रोल्पाली' कार्यन्वयन गर्न सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!