गुल्मी २ बाट गोकर्ण विष्ट विजयी

Posted on: 09 Dec, 2017

मंसिर २३, तम्घास । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् ।

विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् ।

विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!