सिरहा ४ को प्रदेशसभा 'क'मा बाम गठबन्धनका साह विजयी

Posted on: 09 Dec, 2017

राम नारायण पंडित/मङ्सिर २३, सिरहा । सिरहा क्षेत्र नं. ४ को “क” प्रदेशसभामा नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार दिलिप साह बिजयी भएका छन् । 


शनिवार अबेर राति सार्बजनिक भएको मतपरिणाम अनुसार साहले राजपा– फोरम नेपाल (मधेशीगठबन्धन) का उम्मेदबार रामकुमार मण्डललाई ११ सय ३८ मतले पराजित गरेका हुन् । 

साहले ११ हजार १ सय २१ मत प्राप्त गरेर बिजयी भएका छन भने निकतम प्रतिद्धन्दी मधेशी गठबन्धनका मण्डलले ९ हजार ९ सय ८३ मत प्राप्त गरेर पराजित भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!