कांग्रेसलाई अर्को झड्का: बिमलेन्द्र निधी पनि पराजित, राजेन्द्र महतो विजयी

Posted on: 10 Dec, 2017

मंसिर २४, धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् ।

चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित गरे । उनले ३० हजार ७४२ मत पाउँदा नेपाली कांग्रेसका निधिले २७ हजार ८२८ मत पात्र पाए । सुरुदेखि नै पछि परेका निधिले एक पटक पनि महतोलाई भेट्टाउन सकेनन् ।

बाम गठबन्धनले यहाँ २ हजार ३४६ मत पाएका छन् । चुनावी मैदानमा वाम गठबन्धन नभएपछी बाम गठबन्धनको भोट समेत महतोलाई गएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!