रोल्पामा बर्षमान पुन भारी मतान्तरले विजयी

Posted on: 10 Dec, 2017

मनिषा राई/मङ्सिर २३, रोल्पा । पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ । 

तर आधिकारिक घोषणा हुन बाँकि नै छ । जसमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका बर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन् । उनले नेपाली कांग्रेसका अमर सिंह पुनलाई पराजित गरेका हुन् । 

मत परिणाम अनुसार बर्षमान पुनले ४० हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने अमर सिंह पुनले १९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्र वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन । 

जसअनुसार प्रदेश सभा 'क'मा माओवादी केन्द्रका कुलप्रशाद केसीले १८ हजार ५ सय १२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शेरबहादुर महराले १० हजार ४ सय १ मत प्राप्त गरेका छन् । 

त्यसैगरी प्रदेश सभा 'ख'मा पनि माओवादी केन्द्रकै दिपेन्द्र कुमार पुनले २४ हजार ४ सय ९० मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!