रौतहटमा कांग्रेसको विजयी जुलुसमा गोली चल्यो

Posted on: 10 Dec, 2017

मंसिर २४, काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेसको विजयी जुलुसमा गोली चलेको छ ।

कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ भने दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ । 

स्थितिलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!