रौतहटमा माओवादी केन्द्रका नेता प्रभु शाहको जित, जित पछी के भने (भिडियो हेर्नुहोस)

Posted on: 10 Dec, 2017

मङ्सिर २४, काठमाडौं | रौतहट क्षेत्र नम्बर ३ मा  माओवादी केन्द्रका उम्मेदवार प्रभू शाह विजयी भएका छन् । 


शाह २७७९९  मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्धी  कांग्रेसका सुनिल कुमार यादवले  १८२०६  मत प्राप्त गरे  । 

यस्तै राजपाका ओमप्रमाश ६०९६ मतका साथ तेस्रो भए । 

जित पछी प्रभु शाहले के भने ? (भिडियो सहित)

सबै मतदाता, शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्दछु । तपाईहरुको सहयोग र साथ लिई आफुनो क्षेत्र, जिल्ला, समग्र तराई मधेश र सिङगो राष्ट्रको हितमा सेवा गर्ने जिम्मेवारीलाई सदैव पालना गर्ने छु । अग्रगामी परिर्वतन, आर्थिक विकास र समृद्धि सहितको सामाजिक न्याय स्थापित भएमा मात्र नयाँ र विकसति नेपाल निर्माण हुने पक्षमा निरन्तर लाग्ने छु ।

विकासको आधारका रुपमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षा, प्रविधिको विकास र पूँजी परिचालनबाट मात्र सम्भव हुने भएकाले मतादताको सहयोगमा म सदैव प्रतिवद्ध भई निरन्तर लागि रहने छु । मुलुकको मुहार फेर्न अझै धेरै काम गर्नुपर्ने अवस्थामा तपाईंहरुको बिश्वासमा कहिल्यै आघात पुर्याउने छैन । 

प्रभु साह

रौतहट निर्वाचन क्षेत्र नम्बर ३

प्रदेश नम्बर २, नेपाल ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!