प्रचण्डसँग हारेका लिलानाथ माओवादीकै भोट पाएर विजयी

Posted on: 10 Dec, 2017

मंसिर २४, सिरहा | सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना नीकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवलाई २ हजार ५२ बढी मतले हराउँदै बिजयी भएका हुन् ।

उनले २३ हजार २ सय ७२ मत पाए भने यादवले २१ हजार २ सय २० मत पाएका छन् । यस्तै तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसका अमर रेग्मीले ११ हजार ७ सय ७८ मत पाएका छन् ।

२०७० सालको संबिधान सभा निर्वाचनमा श्रेष्ठ सिरहा क्षेत्र नम्बर ५ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सित पराजित भएका थिए । यस पटक भने उनलाई माओवादीकै मतले जिताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!