यस्तो छ गुल्मीको चुनावी नतिजा

Posted on: 10 Dec, 2017

प्रेम सुनारमङ्सिर २४, गुल्मी ।  गुल्मी क्षेत्र नं. १  र २ दुवै प्रतिनिधी सभामा वामगठबन्धनका साझा उमेदवार भारी मतले विजयी भएका छन् । 

क्षेत्र नम्वर १ मा नेकपा एमालेका सचिव प्रदिबाट एमालेका सचिवद्धयः प्रदिप ज्ञवाली र क्षेत्र नम्वर २ मा गोकर्णराज विष्ट भारी मतान्तरले विजयी भएका छन् । ज्ञवाली ३७ हजार ८ सय १७ मत ल्याई विजयी भएका छन् । उनले कांग्रेस उमेदवार चन्द्र भण्डारीलाई ७ हजार ५ सय  ५८ मतले पछाडी पारेका छन् । भण्डारीले ३० हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । 

त्यस्तै क्षेत्र नम्वर २ मा गोकर्ण विष्ट १४ हजार भन्दा बढि मतको अग्रता लिएर विजयी भएका छन् । विष्टले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका छन भने  प्रतिनिधि सभा र प्रदेश सभाका २ वटै प्रदेश सभामा पनि बाम गठबन्धनले जित हार पारेको छ । 


प्रदेश सभा क्षेत्र नम्बर १ को प्रदेश नम्वर १ मा  माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुर्दश बराल १७ हजार ९ सय १० मत लिई विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका पृथबहादुर फौदारले १३ हजार प्रदेश २ मा पनि वामगठबन्धन कै एमाले नेता कमलराज श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका धनेन्द्र कार्कीले १६ हजार ३ सय ७६ मत प्राप्त गरेका छन् । 

क्षेत्र नम्वर २ को प्रदेश १ मा पनि वामगठबन्धन कै एमाले नेता खड्ग केसीले १६ हजा १ सय ६५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका थिए । 

प्रदेश २ मा पनि वामगठबन्धनका माओवादी केन्द्रका नेता दिनेश पन्थी विजयी भएका छन् ।   सय ९९ मत प्राप्त गरेर पराजित भएका छन् । 

 र २ नम्बर क्षेत्रमा कमराज श्रेष्ठ निर्वाचित भएका छन् । 

०५१ पछी बामपन्थीमय 

०५१ सालमा एमालेले साबिकका ३ वटा  निर्वाचन क्षेत्रमा एमाले जित हात पारेको थियो । तिनवटै निर्वाचन क्षेत्रमा एमाले जित हात पारेपछी जिल्ला एमालले लाल किल्ला बनाएको थियो ।

०५६ सालमा सम्पन्न निर्वाचनमा भने एमालले २ वटा निर्वाचन क्षेत्रमा जित हार पारेको थियो । उक्त निर्वाचनमा १ क्षेत्रमा काँग्रेसले जित हातपारेको थियो । ०६४ सालमा सम्पन्न निर्वाचनमा ३ वट निर्वाचनमा क्षेत्रमा २ निर्वाचन क्षेत्रमा माओवादी र १ निर्वाचन क्षेत्रमा एमाले जित हातपारेको थियो ।

०७० सालमा सम्पन्न निर्वाचनमा ३ निर्वाचन क्षेत्रमा २ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र १ निर्वाचन क्षेत्रमा एमाले निर्वाचित भएका थिए ।

बिष्ट र ज्ञवालीको ३ पटक निर्वाचित यात्रा 

गुल्मीबाट निर्वाचित भएका एमाले सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्टको जिल्लाबाट ३ पटक निर्वाचित जनप्रतिधी बनेका छन् । ज्ञवाली ०५६ साल ०६४  सालमा सम्पन्न निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका थिए ।

बिष्ट ०५६ साल ०७० सालमा सम्पन्न निर्वाचनमा गुल्मी ३ बाट निर्वाचित भएका थिए । ज्ञवाली  र बिष्टको गुल्मीबाट निर्वाचित हुने अबसर तेश्रो यात्रा बनेको छ । ज्ञवाली र बिष्ट एक पटक मन्त्री समेत बनेका छन् । 

श्रेष्ठ र बरालको दोश्रो यात्रा गुल्मी 

प्रदेश सभामा निर्वाचित एमालेका कमलराज श्रेष्ठको जनप्रतिनिधी बन्ने दोश्रो यात्रा बनेको छ । श्रेष्ठ ०५१ सालमा सम्पन्न निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका थिए । 

त्यस्तै प्रदेश सभामा निर्वाचित माओवादीका सुर्दशन बरालको पनि गुल्मीबाट दोश्रो यात्रा बनेको छ । बराल ०६४ सालमा सम्पन्न पहिलो संबिधा सभा  निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!