खोटाङमा बाम गठबन्धनले मनायो विजय जुलुस (फोटोफिचर)

Posted on: 10 Dec, 2017

चिसाङ शेर्पा/मंसिर २४, खोटाङ । खोटाङमा बाम गठबन्धनले बिजय जुलुश मनाएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी गठबन्धनले आईतवार सदरमुकाम दिक्तेल बजारमा बिशाल ¥याली गर्दै बिजय उत्सव मनाएको हो । 

शनिबार साँझ आएको मत परिणाम अनुसार तीनै सिटमा बिजयी गठबन्धनले स्थानिय हेलिप्याडबाट शुरु भएको ¥याली रत्नपार्क – हाटडाडाँ, त्रिवेणीचोक– भबनगैरा हुंदै पुन: हेलिप्याडमा गएर कोणसधामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै बिजयी उम्मेद्वारले जिल्लालाई  विकास र संमृद्धतिर लैजाने प्रतिबद्धता जनाउँदै आफ्ना तहका नेता, कार्यकर्ता र शुभचिन्तकलाई धन्यबाद दिएका छन् ।  


गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचन मत परिणाम अनुसार बाम गठबन्धन एमालेका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा (क) सदस्य एमालेका राजन राई र प्रदेशसभा (ख) सदस्य माओवादी केन्द्रका राम कुमार राईलाई दिक्तेल बजारबासी र सदरमुकाम नजिकका एमाले, माओवादीका कार्यकर्ताले सडकमै फुलमाला, अबिर, खादा ओढाएर सम्मान र बधाई दिएका थिए । कडा सुरक्षाका साथ भएको बिजय जुलुशमा बिजयी उम्मेद्वारसहित कार्यकर्ताहरुले नारा लगाउदै दुबै पार्टीको गुनगान गाएका थिए । 


प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाई १३ हजार ७ सय ६५ मतले पछि पार्दै वाम गठबन्धनका साझा उम्मेद्वार भट्टराई बिजयी हुनुभएको हो । भट्टराईले ३५ हजार ३ सय ७७ मत र बजिमयले २१ हजार ६ सय १२ मत पाउनुभएको छ । यस्तै, वाम गठबन्धनका उम्मेद्वार राजन १८ हजार ९ सय ३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत पाउनु भएको छ । 

प्रदेशसभा (ख)मा वाम गठबन्धनका रामकुमारले १८ हजार ३ सय ७२ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार बिष्णुकुमारले १२ हजार २ सय ३९ मत पाउनु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता १ लाख २५ हजार १ सय ८ रहेको खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको थियो ।


प्रतिनिधिसभातर्फ ४ हजार १८४, प्रदेशसभा (क) तर्फ १ हजार ७ सय ८१ र प्रदेशसभा (ख) तर्फ १ हजार ८ सय १६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

कांग्रेस कार्यकर्तालाई सहानुभुती बाँड्दै 

जिल्लामा बाम गठबन्धनसँग भारी मतान्तरले पराजित लोकतान्त्रि गठबन्धन सामाजिक सञ्जालबाट आफ्ना तहतप्काका नेता, कार्यकर्ता, शुभचिन्तकलाई सहानुभुती दिईरहेका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुइ सिट रहेको खोटाङमा एकै सिट जित्न नसक्दा कांग्रेसलाई सहानुभुती दिनु शिवाय कुनै बिकल्प नरहेको हो ।


तीनै सिटमा २५ हजार ४ सय २० मतले पराजित कांंग्रेसले आफ्ना कार्यकर्तालाई दुखित नहुन भनेका छन् ।

कांग्रेसकी प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले “हामी लोकतन्त्रवादी लोकतन्त्रको संस्थागत बिकास गर्दै संविधानसभाबाट प्रदत्त संविधान कार्यान्वयन गर्ने घडिमा छौ । हार जित भनेको लोकतन्त्रको सुन्दर पक्ष हो हामी हारेको छैनौ । हामिलाई प्राप्त मतले झन् बढी उत्प्रेरणा जगाएको छ । ”

तसर्थ, खोटाङबासि जनताको तन, मनमा रहेर यहाँहरुको सेवामा समर्पित हुने प्रतिबद्धताका साथ प्राप्त मतको सम्मान गर्दछु । कांग्रेसलाई साथ दिनुहुने नेता ,कार्यकर्ता, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलाई धन्यबाद दिएकी वजिमय आफ्ना निकटतम प्रतिद्धन्दी बाम गठबन्धन एमालेका बिशाल भट्टराईसँग १३ हजार ७ सय ६५ मतले पराजित भएकी हुन् । 


प्रदेशसभा (क) सदस्य तथा कांग्रेसका प्रभावशाली नेता सुवास कुमार पोखरेलले “कांग्रेस हारेको छैन, प्रतिस्पर्धामा पछि परेको छ, लोकतन्त्रको पाठशालामा हामी सबै सँगैं छौ” भन्दै फेसबुकबाट आफ्ना कार्यकर्तालाई सहानुभुती बाँडेका छन् ।  

चुनाव हार र जितको लडाइँ हैन । यो त प्रतिस्पर्धा गर्ने जनताको मन्च हो । रतिभर पनि कांग्रेस हा¥र्याे भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पोखरेल आफ्ना प्रतिद्धन्दी बाम गठबन्धन एमालेका राजन राईसँग ५ हजार ५ सय २२ मतले हारेका हुन् ।  

यस्तै कांग्रेसका प्रदेशसभा (ख) सदस्य विष्णुकुमार राईले पनि फेसबुकवाट मातहतका नेता, कार्यकर्ता, शुभचिन्तकलाई सहानुभुती दिएका छन् । 


राईले आफ्नो फेसवुक स्टाटसमार्फत “लोकतन्त्रमा विजय पराजय स्वभाविक भएको भनेका छन् । तन, मन र कर्मले सहयोग गर्नु हुने सवैलाई धन्यवाद । कांग्रेसजन, शुभचिन्तक, सहयोगीहरुले दुखित हुँदै अनगीन्ति म्याजेस, फोन गरेकोमा दुखित नहुन आग्रह गर्दै हारले थप उर्जा दिएको उल्लेख गरेका छन् ।” 

कांग्रेसलाई देश, समाज र जनहितका काममा समर्पित हुन समेत फेसवुकको वालमार्फत अनुरोध गरेका छन् । राई आफ्ना निकटतम प्रतिद्धन्दी बाम गठबन्धन माओवादीका राम कुमार राईसँग ६ हजार १ सय ३३ मतले पराजित भएका हुन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!